एमालेको दशौँ महाधिवेशनको खर्च नौ करोड रुपैयाँ

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार थप दुई दिनमा झण्डै डेढ करोड खर्च भएको छ।

नेपालभ्युज

एमालेको दशौँ महाधिवेशनको खर्च नौ करोड रुपैयाँ

चितवन। चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा करीब नौ करोड रुपैयाँ खर्च भएको छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार महाधिवेशनमा अनुमानित नौ करोड रुपैयाँ खर्च भएको हो।

एमालेले साढे सात करोड रुपैयाँको लागतमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर महाधवेशन लम्बिदा खर्च पनि बढेको एमालेले जनाएको छ।

एमालेले दशौँ महाधिवेशनमा निर्वाचन नगरी सहमतिको आधारमा नेतृत्व चयन गर्ने लक्ष्य राखेको थियो। तर नेतृत्वमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियामा गएको छ।

नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा पुगेपछि थप दुई दिन महाधिवेशन लम्बिएको हो। सोही कारण खर्च पनि बढेको तामाङले जानकारी दिए। उनका अनुसार थप दुई दिनमा झण्डै डेढ करोड खर्च भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved