कांग्रेस महाधिवेशन: बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन्। दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ।

नेपालभ्युज

कांग्रेस महाधिवेशन: बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

काठमाडौं। नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन्। बागलुङमा १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो।

मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याए।

शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कुँवर निर्वाचनबाट बाहिरिएका थिए। त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो।

यस्तै, उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भएका छन्। छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे। सचिवमा हरिहर शर्माले ९०८ र गण्डकी अधिकारीले ७०७ मत प्राप्त गरे।

यता, कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन्। दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ।

कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे। नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत छन्।

उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved