माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

विशेषगरी अमलपित्त बिग्रिएका कारण वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएका थिए।

नेपालभ्युज

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ।

गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर पुनको उपचार शुरु गरिएको थियो।

सेनजेनमा उपचार शुरु गरेपछि पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहैकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन्।

विशेषगरी अमलपित्त बिग्रिएका कारण वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएका थिए।

उपचारमा संलग्न चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने जानकारी दिएको नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादीका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिइन्।

पुन गत असोज १३ गते उपचारका लागि बैंकक गएका थिए। नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराएका पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो।


Comment

One thought on “माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

  1. नेता पुनको स्वास्थ्य सुधारको खबर सुनेर धेरै खुसि लग्यो l शिघ्र स्वास्थ लाभको कामना गर्दछु l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved