प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेपाल बार एसोसिएसनको टोलीले न्यायालयमा देखिएको विवादको विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराएपछि प्रधानमन्त्रीले गठबन्धनका अरू नेतासँग छलफल गरेका हुन्।

नेपालभ्युज

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं। सत्तागठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच आइतबार भेटवार्ता भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्ला राजनीतिक गतिविधिका विषयमा छलफल भएको बताइएको छ। पछिल्लो समय न्यायालयमा विवाद छ । शुक्रबार नेपाल बार एसोसिएसनको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले केही दिनमै विवाद समाधान हुने बताएका थिए।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेपाल बार एसोसिएसनको टोलीले न्यायालयमा देखिएको विवादको विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराएपछि प्रधानमन्त्रीले गठबन्धनका अरू नेतासँग छलफल गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved