ओलीले नयाँ नक्सालाई संस्थागत गरेर गुन लगाए – कमल थापा

नेपालभ्युज

ओलीले नयाँ नक्सालाई संस्थागत गरेर गुन लगाए – कमल थापा

चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिले नेपालमा विदेशी चलखेल बढेको बताएका छन्। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै थापाले यस्तो बताएका हुन्। उनले सनातन धर्ममाथि आक्रमण भइरहेको जिकिर गर्दै भने ‘‘सनातन धार्मिक–सांस्कृतिक पहिचानलाई समाप्त पार्न खोजिएको छ,’’ थापाले भने।

थापाले एमालेका अध्यक्ष केपी ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेर नेपाली जनतालाई गुन लगाएको समेत बताए।

‘मधेसमा देखापरेको पृथकतावादी आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको आन्दोलनलाई स्थगित गर्न केपी ओलीको नेतृत्वले काम गरेको छ। उहाँकै नेतृत्वमा लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नो सीमाको रक्षाको निमित्त प्रतिबद्धता व्यक्त गरेको छ। र नयाँ नक्सा बनाएर संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुन लगाउनुभएको छ,’ उनले भने, ‘यही कारणले गर्दा यो सम्मेलनबाट मैले साहसिक निर्णयको अपेक्षा गरेको छु। देशलाई संकटबाट जोगाउन र देश बचाउन तपाईंहरुलाई पूर्णरुपमा सफलता प्राप्त होस्।’

अहिले भ्रष्टाचार र बेरोजगारी बढेको उनको भनाइ थियो। जसले गर्दा ४० लाखभन्दा बढी नेपाली विदेशमा रगत र पसिना बगाउन बाध्य भएको थापाले बताए। देशलाई संकटबाट जोगाउन साहसिक निर्णय गर्नुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved