धनुषामा ट्याक्टरमा चेपिएर घटनास्थलमै चालकको मृत्यु

नेपालभ्युज

धनुषामा ट्याक्टरमा चेपिएर घटनास्थलमै चालकको मृत्यु

जनकपुरधाम । आज बिहान बालुवा लोड गरेको ट्याक्टर दुर्घटना हुँदा इन्जिनले च्यापिएर धनुषामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मिथिला नगरपालिका-७ बस्ने ट्याक्टर चालक २५ वर्षीय चेतन महतो रहेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

मिथिला नगरपालिका वडा नं २ नक्टाझिजमा ज१त ४१७२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा इन्जिन माथि उठेर दुर्घटना भएको थियो। घटनास्थलमै चालकको मृत्यु भएको महेन्द्रनगरका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनार जानकारी दिए।

महतोको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्घान भइरहेको इप्रका महेन्द्रनगरका इन्चार्ज प्रनि सुनारले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved