जनगणना औपचारिक रूपमा सकियो, छुटेकाले ११७८ मा फोन गर्न सक्ने

नेपालभ्युज

जनगणना औपचारिक रूपमा सकियो, छुटेकाले ११७८ मा फोन गर्न सक्ने

काठमाडौँ। गएको कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना बिहीबारदेखि औपचारिक रूपमा सकिएको छ। बिहीबारसम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूको भने शुक्रवार पनि गणना गरिने तथ्याङ्क विभागका उपमहा निर्देशक हेमराज रेग्मीले जानकारी दिए।

विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ। गएको २५ गतेदेखि गणकहरू नागरिकका घरदैलामा पुगिरहेका छन्। जनगणनाका लागि देशभर आठ हजार पाँच सय सुपरिवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन्। एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने गरी औसत समयसमेत तय गरिएको थियो।

तथ्याङ्क विभागले गणना औपचारिक रूपमा सकिएको दाबी गरे पनि कैयौँ व्यक्तिले भने आफूहरूकोमा गणनाका लागि मानिस नआएको भन्दै गुनासो गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved