निधिले सार्वजनिक गरे ‘घोषणा पत्र’, पार्टी सुधारको ६ बुँदे अवधारणा

नेपालभ्युज

निधिले सार्वजनिक गरे ‘घोषणा पत्र’, पार्टी सुधारको ६ बुँदे अवधारणा

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले घोषणा पत्र सार्वजनिक गरेका छन्। आफ्नो सम्पर्क कार्यालय नयाँ वानेश्वरमा वुधबार पत्रकार सम्मेलन गर्दै निधिले आफू सभापति भएमा गर्ने कामहरूको विवरणसहित चार बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन्।

निधिले सभापतिको रुपमा आफ्नो १० बुँदे परिकल्पना, १६ बुँदे ध्येय, १० बुँदे उद्देश्य र ६ बुँदे सुधारमा आफ्नो अवधारणाहरू सार्वजनिक गरेका छन्।

२४ देखि २६ मंसिरसम्म काठमाडौँमा हुन लागेको कांग्रेसको १४ औ महाधिवेशनमा औपचारिक रुपमा सभापतिको दावेदारी घोषणा गर्ने निधि पहिलो नेता हुन् । उनले नयाँ वानेश्वरस्थित एक ब्यांकेटमा सम्पर्क कार्यलयनै सञ्चालन गरेर महाधिवेशन केन्द्रित गतिविधि सञ्चालन गर्दै आएका छन्। आउँदो निर्वाचनमा कांग्रेसले एकल बहुमतको सरकार बनाउने गरी पार्टीको जित ल्याउन आफूले सभापति बन्न खोजेको निधिले दाबी गरेका छन्।

वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो समय सहकार्य गरेका निधि उत्त गुटबाट निस्केर सभापतिमा देउवालाई नै चुनौती दिएका छन्।

आफ्नो सभापति उम्मेदवारीको घोषणा पत्र सार्वजनिक गर्दै निधिले कांग्रेसलाई हिमालदेखि तराई मधेशसम्म जोड्ने उद्देश्यले आफू अगाडी आएको पनि दाबी गरे। उनले समय अनुसार कांग्रेसमा परिवर्तनको खाँचो रहेको भन्दै त्यसका लागि कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको खाँचो रहेको पनि औँल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved