भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे – बार

नेपालभ्युज

भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे – बार

काठमाडौं। नेपाल बार एशोसिएसनका कानून व्यवसायीहरूले आइतबार पनि प्रधानन्यायाधीशविरुद्ध आन्दोलन र धर्ना शुरु गरेका छन्। कानून व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राजीनामा माग गर्दै धर्ना शुरु गरेका हुन्।

कानून व्यवसायीहरूले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, हाम्रो आन्दोलन जारी छ, सर्वसुलभ न्याय कायम गर, भ्रष्ट न्यायाधीशहरू होशियार, चोलेन्द्रका मतियार होशियार, बिचौलियाको न्यायाधीश राजीनामा दे’ जस्ता नारा लगाएर आन्दोलन शुरु गरेका हुन्। प्रधानन्यायाधीश जबराको बाटो छेक्न उनीहरूले सर्वोच्चको गेटमा धर्ना दिइरहेका छन्।

नेपाल बार एशोसिएसनका कानून व्यवसायीहरू करीब एक महीनादेखि निरन्तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत छन्।

No description available.

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved