प्रधानन्यायाधीशविरुद्ध नागरिक पनि सडकमा आउनेछन् – बार अध्यक्ष श्रेष्ठ

नेपालभ्युज

प्रधानन्यायाधीशविरुद्ध नागरिक पनि सडकमा आउनेछन् – बार अध्यक्ष श्रेष्ठ
फाइल तस्वीर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेर आन्दोलनमा उत्रिरहेको नेपाल बार एशोसिएशनले अब नागरिक र विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीहरू सडकमा आउने बताएको छ।

आज पनि जबराविरुद्ध बारले आन्दोलन गरिरहेको छ।

“नागरिकहरू, पेसाकर्मीहरू केही दिनमा सडकमा देख्नुहुनेछ। दोस्रो कुरा ९० वटा बार एडिटहरूले काठमाडौं आउन खोजिरहेका छन्,” बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आन्दोलनमा सम्बोधन गर्दै भने, “आफ्नै जिल्ला जिल्लामा उच्च अदालतमा आन्दोलन गर्न उनीहरू तयार छन्।”

प्रधानन्यायाधीशको राजीनामा प्रकरण जति लम्बियो त्यति नै सेवाग्राहीले न्याय नपाउने अवस्था आउने उनको दाबी थियो। सेवाग्राही पनि भ्रष्ट प्रधानन्यायाधीशविरुद्ध सडकमा आउने उनले बताए।

आजको दिन अर्थात् ३ मंसीरसम्म प्रधानन्यायधीशले राजीनामा नदिए देशभरका उच्च अदालतमा बृहत् विरोध सभा गर्ने र जहाँ कानून व्यवसायी मात्र नहुने र न्यायाकर्मी र कर्मचारीसमेत हुने उनले चेतावनी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved