प्रधानन्यायाधीश जनताको होइन दलाल, माफिया र तस्करको सेवा गरिरहनुभएको छ : वरिष्ठ अधिवक्ता कार्की

नेपालभ्युज

प्रधानन्यायाधीश जनताको होइन दलाल, माफिया र  तस्करको सेवा गरिरहनुभएको छ : वरिष्ठ अधिवक्ता कार्की

काठमाडौं।  वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जनताको  नभएर दलाल, माफिया र तस्करको सेवा गरिररहेको आरोप लगाएका छन्। आन्दोलनरत बारका कानून व्यवसायीहरूलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश पदमा जबरालाई दलाल, माफिया र तस्करले पुर्‍याएको बताए।

प्रधानन्यायाधीशको पछाडि नेपाल बार एशोसिएसनको आन्दोलन किन भन्ने प्रष्ट पार्ने काम प्रधानन्यायाधीश स्वयंले गरेको उनको भनाइ थियो। सामान्य जाहेरी दिनका लागि सर्वसाधारणको पहुँच नभएको उनले बताए। देशका प्रधानमन्त्री, मन्त्री, नेता र प्रहरी प्रधानन्यायाधीशसँग मिलेर बारको आन्दोलन दबाउन लागिपरेको उनको भनाइ थियो।

”हामीले जुन आन्दोलन गरिरहेका छौँ त्यो आन्दोलनलाई दबाउन गृहमन्त्री, प्रधानमन्त्री र नेताहरू सबै ती दलालहरूको सेवाका लागि प्रधानन्यायाधीश पदको दुरुपयोग गरेर बसिरहनु भएको छ,” उनले भने। भ्रष्टाचारीलाई जेल पठाउने मान्छेलाई नै भ्रष्टाचारको आरोप लागेकाले प्रधानन्यायाधीशले न्याय दिन नसक्ने उनको भनाइ थियो।

नेताहरूको मुद्दा अदालतमा रहेकाले उनीहरू सर्वोच्च अदालतको विवादमा मौन रहेको आरोप कार्कीले लगाए। उनले भने, ”प्रधानन्यायाधीशले नेताहरूलाई समेत थर्काइरहेको रैछ, झन् सर्वसाधारणलाई के गर्ला?” आफूहरूमाथि साइबर सेना लगाएर आन्दोलन दबाउन प्रधानन्यायाधीश लागिपरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved