चोलेन्द्रको सम्पत्ति खोजी गर्नेछौं- बार अध्यक्ष श्रेष्ठ

नेपालभ्युज

चोलेन्द्रको सम्पत्ति खोजी गर्नेछौं- बार अध्यक्ष श्रेष्ठ
फाइल तस्वीर

काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरूलाई ती फैसला उपलब्ध गराउनुपर्ने बताएका छन्।

नेपाल बार एशोसिएशनले बुधबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरूलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन आह्वान गरेका हुन्।

प्रधानन्यायाधीश जबराको राजीनामापछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानबिन हुने उनले बताए। भने, “चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरू नेपाल बार एशोसिएशनले संकलन गर्न आह्वान गरेको छ। तपाई साथीहरू ज-जसलाई यिनले अन्याय पारेका छन्, न्याय किनबेच गरेका छन्, ती फैसलाहरू नेपाल बार एशोसिएशनमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु। र यिनको राजीनामापश्चात् पनि त्यो फैसलाअनुसारको छानबिन गर्नुहुनेछ, उसको सम्पत्ति विवरणहरू हामीले संकलन गर्नेछौँ। कहाँ, कसरी अन्याय किसिमबाट बटुलेका छन् त्यो कुरा पनि हामीले हेर्नेछौँ।”

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकूल हुनेगरी काम भइरहेको आरोप लगाए। जबराको निर्देशनमा बिचौलियाहरू बारको आन्दोलनविरुद्ध लागेका भन्दै उनले बारको आन्दोलनविरुद्ध नलाग्न चेतावनी दिए। भने, “कार्यक्रम बिथोल्ने किसिमबाट कुनै-कुनै ठाउँमा हाम्रो आह्वानको प्रतिकूलमा काम पनि गरिराखेको र यो प्रधानन्यायाधीशको निर्देशनमा भइरहेको जानकारी पाएका छौँ। खबरदार, चोलेन्द्र शमशेरको निर्देशनमा तपाईहरू दुई दिन टिक्नुहोला भोलिका दिनमा तपाईंहरू बिचौलिया भएर हिँड्नुभयो भने तपाईंहरूको पनि खैरियत रहने छैन।”

प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved