नेपाल बार र सर्वोच्चका न्यायाधीशबीच छलफल, पाँच न्यायाधीश अनुपस्थित

न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र डा. कुमार चुडाल बार र न्यायाधीशहरुको बैठकमा नगएका हुन्। उनीहरु हिजो भएको बैठकमा पनि गएका थिएनन्।

नेपालभ्युज

नेपाल बार र सर्वोच्चका न्यायाधीशबीच छलफल, पाँच न्यायाधीश अनुपस्थित

काठमाडौं। नेपाल बार एशोसिएशन र इजलास बहिस्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशबीच छलफल शुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरुद्धमा आन्दोलनमा रहेका न्यायाधीश र बारबीच छलफल शुरु भएको हो।

तर, सोमबार मात्रै न्यायाधीशहरुको समूहमा विद्रोह गरेका पाँच न्यायाधीश भने उक्त बैठकमा सहभागी छैनन्। उनीहरु जबराविरुद्धको आन्दोलनले इजलास रोकिनु नहुने मत राख्दै बैठकमा नगएका हुन्।

न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र डा. कुमार चुडाल बार र न्यायाधीशहरुको बैठकमा नगएका हुन्। उनीहरु हिजो भएको बैठकमा पनि गएका थिएनन्।

गत ७ कात्तिकदेखि जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरु, नेपाल बारसहित कानून व्यवसायीहरु आन्दोलनमा छन्। सत्ता गठबन्धनमा भाग खोजेको घटना बाहिरिएपछि जबराको विरुद्धमा आन्दोलनको शुरुवात भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved