अधिवक्ताहरू भन्छन्, ‘वार्तामा जाँदैनौँ, जबराको राजीनामा एकमात्रै समाधान’

बारका पूर्व कोषाध्यक्ष परशुराम कोइरालाले भने, ‘‘राजीनामा भन्दा बढी नि हैन, कम पनि हैन। केवल राजीनामा। हामी तपाईंको शत्रु हैन।” उनले अदालतमा न्यायाधीशहरु आउँदै जाँदै गर्ने भन्दै उनले वकिलहरु सधैं आउने बताए।

नेपालभ्युज

अधिवक्ताहरू भन्छन्, ‘वार्तामा जाँदैनौँ, जबराको राजीनामा एकमात्रै समाधान’

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध नेपाल बार एशोसिएशनमार्फत आन्दोलनमा उत्रिएका अधिवक्ताहरुले जबराको राजीनामा एउटा मात्रै समाधान भएको बताएका छन्।

सर्वोच्च परिसरमा धर्नामा सहभागी अधिवक्ताहरुले प्रधानन्यायाधीश जबराको राजीनामा एक मात्र विकल्प भएको भन्दै जबराले बोलाएको वार्तामा आफूहरु सहभागी नहुने बताएका छन्।

धर्नाका क्रममा बोल्दै अधिवक्ता रुद्र नेपालले अहिले सर्वोच्च अदालतमा जारी आन्दोलन व्यक्तिको विरुद्धमा नभएर न्यायालयमा विधि र पद्धतीको लागि भएको र जबराले बोलाएको वार्तामा नजाने बताए। नेपालले भने, ‘‘भ्रष्टाचारको नाइके भएपछि प्रधानन्यायाधीशले बोलाएको वार्तामा जाँदैनौँ।”

धर्नामा बोल्दै बारका पूर्व कोषाध्यक्ष परशुराम कोइरालाले आफूहरु जबराको शत्रु नभएको भन्दै न्यायालयलाई निकास दिनका लागि राजीनामा आवश्यक भएको बताए।

कोइरालाले भने, ‘‘राजीनामा भन्दा बढी नि हैन, कम पनि हैन। केवल राजीनामा। हामी तपाईंको शत्रु हैन।” उनले अदालतमा न्यायाधीशहरु आउँदै जाँदै गर्ने भन्दै उनले वकिलहरु सधैं आउने बताए।

कोइरालाले अहिले सेवाग्राहीहरुले अधिवक्ताहरुलाई मुद्दा कसरी हेर्ने भन्ने नसोध्ने तर अदालतमा कसरी मिलाउन सकिन्छ भनेर पहिल्यै सोध्ने अवस्था रहेको बताए।

कोइरालाले राजनीतिक दलले पनि नेपाल बार र बारको पदाधिकारीलाई कमजोर नसोच्न चेतावनी दिए। उनको आह्वान थियो, ‘‘प्रधानन्यायाधीश महाअभियोग नकुर्नुस्, अगाडि आएर राजीनामा दिनुस्।”

यता, अधिवक्ता उमेश गौतमले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा फगत बहस भइरहेको बताए। अहिले सामाजिक सञ्जालमा ‘व्यक्ति होइन विकृति’ भन्दै मुद्दा मोडेने प्रयास भइरहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved