गतिरोधको निकास संवाद नै हो, आउनुहोस् वार्ता गरौँः प्रधानन्यायाधी जबरा

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बार र इजलास बहिस्कारको क्रममा रहेका न्यायाधीशहरुका कारण न्याय क्षेत्र नै अवरुद्ध भएको अवस्थामा संवाद नै उचित विकल्प भएको भन्दै जबराले वार्ताका लागि आह्वान गरेका हुन्।

नेपालभ्युज

गतिरोधको निकास संवाद नै हो, आउनुहोस् वार्ता गरौँः प्रधानन्यायाधी जबरा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वार्तामा आउनका लागि नेपाल बार एशोसिएशनलाई आह्वान गरेका छन्। सोमबार निजी सचिवालयमार्फत विज्ञप्ति निकाल्दै जबराले वार्तामा आउनका लागि आह्वान गरेका हुन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बार र इजलास बहिस्कारको क्रममा रहेका न्यायाधीशहरुका कारण न्याय क्षेत्र नै अवरुद्ध भएको अवस्थामा संवाद नै उचित विकल्प भएको भन्दै जबराले वार्ताका लागि आह्वान गरेका हुन्।

जबराको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायतका बार इकाइहरु न्यायपालिकाको अभिन्न अङ्ग हुन् । वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आव्हान समेत गर्दछु।’

विज्ञप्तिमा जबराले २५ कात्तिकमा धर्नाका क्रममा सर्वोच्च परिसरमा भएको घटनाप्रति पनि दुःख व्यक्त गरेका छन्। चोटपटक लागेका कानून व्यवसायीको स्थास्थ्य लाभको कामना पनि गरेका छन्।

न्यायपालिकामा देखिएको गतिरोधका कारण नागरिकहरुको प्रश्न आफूहरुतिर सोझिएको भन्दै जबराले जनताले विश्वासको शीरमा राख्दै आएको संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिका भित्रका सबै अवयवहरूको साझा दायित्व भएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved