बारको आन्दोलन बिथोल्न युवाहरूको प्रदर्शन, सर्वोच्चमा तनाव

नेपालभ्युज

बारको आन्दोलन बिथोल्न युवाहरूको प्रदर्शन, सर्वोच्चमा तनाव

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरी आन्दोलनरत नेपाल बार एशोसिएसनको आन्दोलन बिथोल्न सर्वोच्च अगाडि केही युवाहरूले प्रदर्शन गरेका छन्। मोटरसाइकल र्‍यालीसहित प्रधानन्यायाधीश जबराको पक्षमा युवाहरूले प्रदर्शन गरेका हुन्।

मोटरसाइकल र्‍यालीसहित आएका युवाहरूको समूह जबराको पक्षमा नारा लगाउँदै सर्वोच्च छिर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको छ। युवाहरूले न्यायबाट बञ्चित गर्न पाइँदैन भन्ने नारा लगाउँदै सर्वोच्च अगाडि प्रदर्शन गरेका थिए। उनीहरूमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनका वकिलहरू सर्वोच्च परिसरमा धर्नामा छन्। नेपाल बार एशोसिएसनको भवनबाट छिर्ने गेटबाट वकिलहरू सर्वोच्च छिरेर मुलगेटमा धर्नामा बसेका हुन्।

बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताएकोमा जबरा १ नम्बर गेटबाट सर्वोच्च छिरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved