जबरालाई सर्वोच्चमा छिर्न नदिन सर्वोच्चको गेटमा बारको धर्ना

नेपालभ्युज

जबरालाई सर्वोच्चमा छिर्न नदिन सर्वोच्चको गेटमा बारको धर्ना

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश रोक लगाउने उद्देश्यसहित बारले अदालतको मुख्य गेटमा भर्ना दिएको हो।

यसअघि गेटमा शुक्रबार पनि न्यायाधीशहरूले धर्ना दिएका थिए। मुख्य गेटमा बारले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सुरक्षा घेरासहित अदालत छिरेका थिए।

बारले मध्यान्ह १२ बजेसम्म धर्ना दिने जनाएको छ। बारका महासचिव लीलामणि पौडेलले जबरालाई अदालत प्रवेशमा रोक लगाइने बताए।

*शीर्षक सच्चाइएको


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved