डुबेर तीन वर्षीय बालकको मृत्यु

नेपालभ्युज

डुबेर तीन वर्षीय बालकको मृत्यु

दाङ। दाङको तुलसीपुरमा कुलोमा डुबेर एक तीन वर्षीय बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का कब्यान्सन डाँगीको तुलसीपुर–१२ कौवापुरस्थित कुलोमा डुबेर शनिबार मृत्यु भएको हो।

आमासँगै गाउँस्थित घरमा पुगेका बालकको कुलोमा कुलोमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।

आमा स्थानीय मिलमा धान कुटाउन गएकी थिइन्। सो समयमा बालक कुलोमा हाम फालेको र ह्युमपाइपमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
शव पोस्टमार्टमका लागि रापती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved