पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब ग्यास प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ

नेपालभ्युज

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ।

अब पेट्रोलको मूल्य लिटरको १ सय ३६ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १९ रुपैयाँ पर्ने छ। हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ। अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय १ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९५ अमेरिकी डलर पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ७५ रुपैयाँ बढेको छ। यससँगै एक सिलिन्डरका लागि अब उपभोत्ताले १५ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यो मूल्य समायोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved