महोत्तरीमा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

महोत्तरीमा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर

जनकपुरधाम। महोत्तरीको बर्दिबासमा टाटा सुमोले मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहीबार बर्दिबास-३ कारेभोगटे पुलस्थित बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना१ज ५७४७ नम्बरको सुमोले विपरीत दिशा तर्फबाट आँउदै गरेको स१०प ३९९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सुमोको ठक्करबाट मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका ५ बस्ने ३५ वर्षीय सुधीर मिश्रा गम्भीर घाइते भएका थिए। उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबासमा प्राथमिक गरी गोल्डेन अस्पताल विराटनगर मोरङमा पठाइएकोमा उपचार क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मिश्राको शव सोही अस्पतालमा रहेको सुमो,चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved