तस्वीरमा हेर्नुहोस् गाई तिहार

तस्वीरमा हेर्नुहोस् गाई तिहार

काठमाडौं। आज कार्तिक कृष्ण औंशी अर्थात् गाई तिहार। आज गाईको पूजा गरिँदै छ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ।

गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथनअनुसार गाईपूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरूको पूजा गर्ने चलन छ।

गाईलाई सिंँगारेर माला लगाई तेल घसेर सम्मान गरी मीठो खानेकुरा दिइन्छ। पूजाआज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरणमा लैजाने चलन छ। कसैकसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्छन्।

रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यसदिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने विश्वास छ। गाई अत्यन्तै गुणी र सुधो प्राणी हो। समाजमा सज्जन र ज्ञानीजनलाई गाईको उपमा दिइन्छ। गावो विश्वष्य मातर भनेर गाईलाई विश्वकी माता मान्ने वैदिक उद्घोष छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved