प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई

नेपालभ्युज

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा राजे्न्द्र राई नियुक्त भएका छन्। पाँचदलीय गठबन्धनबाट राई मुख्यमन्त्री भएका हुन्।

नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेश सभा संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

भीम आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेसँगै राईको दाबी परेको थियो।

प्रदेश प्रमुख अधिकारीले मंगलबार दिउँसो १ बजेसम्मको समय राखेर नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। त्यससँगै गठबन्धनको तर्फबाट राईले ४९ जना सांसदको हस्ताक्षरसहित आजै दाबी पेश गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved