सर्वोच्चको स्थिति डामाडोल छ : पूर्वराष्ट्रपति यादव

नेपालभ्युज

काठमाडौं। पूर्वराष्ट्रपति रामवरण यादवले सर्वोच्च अदालतको स्थिति डामाडोल रहेको बताएका छन्।

आइतबार बीपी विचार राष्ट्रिय समाजद्वारा लिखित बीपी विचार नीति, सिद्धान्त र व्यवहार नामक अनुसन्धानमुलक ग्रन्थको लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले प्रधानन्यायाधीश विवादमा तानिदा सर्वोच्च अदालतको स्थिति डामाडोल रहेको बताए। उनले सबै एकातिर र प्रधानन्याधीश एकातिर लागेको बताए।

पूर्वराष्ट्रपति यादवले लोकतन्त्रको माध्यमबाट आएको नेपालको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, समावेशी र धर्मनिरपेक्ष रहेपनि दुई पटक संसद भंग गरेर जनताको सार्वभौम संस्थालाई हत्या गर्ने काम गरेको आरोप लगाए।

संविधान उत्कृष्ट भएको बताउँदै उनले बीपी विचार राष्ट्रिय समाजले व्यापक छलफल, अध्ययन गर्न आवश्यक रहेको बताए।

उनले नेपालमा राजनीति गर्नेहरूले राष्ट्र, राष्ट्रियता समाजवाद र प्रजातन्त्र बुझ्नका लागि बीपीको जीवन दर्शन अध्ययन गर्न आवश्यक रहेको धारणा राखे। बीपीलाई अलग गरेर कांग्रेसलाई बुझ्न नसकिने भन्दै अहिले कांग्रेसको अवस्था नाजुक रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved