जस बट्लरको विष्फोटक ब्याटिङ, इंग्ल्याण्डद्वारा अष्ट्रेलिया ८ विकेटले पराजित

नेपालभ्युज

जस बट्लरको विष्फोटक ब्याटिङ, इंग्ल्याण्डद्वारा अष्ट्रेलिया ८ विकेटले पराजित

काठमाडौं। जस बट्लरको सानदार ७१ रनको मद्दतमा इंग्ल्याण्डले अष्ट्रेलियामाथि जारी टी-ट्वान्टी विश्कपमा ८ विकेटको जित निकालेको छ।

दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १ सय २५ रनमा अल आउट भएको थियो। उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेनन्। डेभिड वार्नर र स्टिभ स्मिथ समान १/१ रनमा आउट भए। त्यस्तै ग्लेन म्याक्सवेलले ६ तथा मार्कोस स्टोनिस खातै नखोली आउट भए।

इंग्याल्याण्डका क्रिस जोर्डनले तीन विकेट लिए भने तिमल मिल्स तथा क्रिस वकिसले समान २/२ विकेट लिए।

१ सय १६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले मात्र २ विकेटको क्षतिमा मात्र ११ दशमलव ४ ओभरमा लक्ष्य भेट्टायो। इंग्ल्याण्ड जिताउन विष्फोटक ब्याटिङ गरेका बटलरले मात्र ३२ बलमा ७१ रन जोडे। त्यस क्रममा उनले ५ छक्का र समान चौका प्रहार गरे।

जसन रोयले पनि २२ रन बनाए। जारी विश्वकपमा इंग्याण्डको यो तेस्रो जित हो भने अष्ट्रेलियाको पहिलो हार हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved