प्रधानमन्त्री देउवा र अमेरिकी विशेष दूत केरीबीच भेटवार्ता हुने

नेपालभ्युज

प्रधानमन्त्री देउवा र अमेरिकी विशेष दूत केरीबीच भेटवार्ता हुने

काठमाडौँ। बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो वाइडेनका जलवायुसम्बन्धी विशेष दूत जोन केरीबचि द्विपक्षीय भेटवार्ता गर्ने भएको छ। कात्तिक १५ वा १६ गते भेट हुने जनाइएको छ।केरी अमेरिकाका पूर्वविदेशमन्त्री समेत हुन्।

स्कटल्यान्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औँ सम्मेलन (कोप–२६) मा केरीसँग ‘साइडलाइन’ वार्ताको कार्यक्रम छ।

देउवा र केरीबीच द्विपक्षीय सम्बन्ध र जलवायु परिवर्तनले नेपालजस्तो मुलुकलाई पारेको असरबारे कुराकानी हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको छ। देउवा लन्डन हुँदै स्कटल्यान्ड पुग्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved