तीन बालकमाथि यौन दुर्व्यवहार गर्ने विदेशी नागरिक पक्राउ

तीन बालकमाथि यौन दुर्व्यवहार गर्ने विदेशी नागरिक पक्राउ
सांकेतिक तस्वीर

पोखरा। प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ। पोखरा महानगरपालिका-६ लेकसाइडबाट ४४ वर्षीय क्यानडियन नागरिक रोवर्ट किन्क्लेलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरिएको र बालकको उद्वार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको हमालले जानकारी दिए। उनको साथबाट ल्याप्टप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved