प्रधानन्यायाधीशको राजीनामा मागेको छैन : बार अध्यक्ष श्रेष्ठ

पूर्व न्यायाधीशहरूको फोरमले प्रधानन्यायाधीशको राजीनामा माग गरेको सवालमा बारले कुनै आधिकारिक धारणा नबनाएको अध्यक्ष श्रेष्ठको भनाइ थियो।

नेपालभ्युज

प्रधानन्यायाधीशको राजीनामा मागेको छैन : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षातकारमा बोल्दै अध्यक्ष श्रेष्ठलेभागबण्डाको आधारमा न्यायाधीश नियुक्ती गरिएकाले समस्या आएको बताए। तथापि, आफूहरूले प्रधानन्यायाधीशको राजीनामा भने नमागेको उनले प्रस्ट्याए।

बारले न्यायाधीश नियुक्ति, न्यायापालिकाभित्र विसंगति, विकृति, विचौलिया, भ्रष्टाचार र रातारात बढ्दै गएको न्यायाधीशहरूको सम्पतिको विवरण सार्वजनिक लगायतका विषयमा निरन्तर खबरदारी गर्दै आएको उनले बताए।

उनले विचौलियालाई न्यायापालिकाभित्र प्रवेश निषेध गराउन आफूहरूले संस्थागत र व्यक्तिगत रुपमा सुझाव दिएको बताए।

न्यायपालिकाभित्रका विकृति, विसंगति, भ्रष्टाचार रोक्नको लागि उपाय र कार्ययोजना बनाउन हरिकृष्ण कार्कीको नेतृत्वमा कमिटी गठन भएको र त्यसले प्रतिवेदन पनि बनाएको जानकारी उनले दिए।

प्रधानन्यायाधीश जबराले विकृति तथा विसंगति रोक्नको लागि विशेष पहल गर्नुपर्ने धारणा आफूहरूले राख्दै आएको पनि उजले बताए।

पूर्व न्यायाधीशहरूको फोरमले प्रधानन्यायाधीशको राजीनामा माग गरेको सवालमा बारले कुनै आधिकारिक धारणा नबनाएको अध्यक्ष श्रेष्ठको भनाइ थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved