प्रहरी, सशस्त्र र अनुसन्धानभित्र कसैलाई ‘तँ’ नभन्न गृहमन्त्रीको निर्देशन

नेपालभ्युज

प्रहरी, सशस्त्र र अनुसन्धानभित्र कसैलाई ‘तँ’ नभन्न गृहमन्त्रीको निर्देशन
फाइल तस्वीर

काठमाडौं। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको छ।

गृहमन्त्री बालकृष्ण खाँडले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्। मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआईजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए।

नेपाल प्रहरीका एआईजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए। उनेले भने, “अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन। ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहित सेवा सञ्चालन गरिरहेका छन्। अब सम्मानसहित सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँडले दिए।

संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहित सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको शुरुआत गर्ने तयारी भएको हो। अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्ने छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved