अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो

अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो
फाइल तस्वीर

डडेल्धुरा। डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिराका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहुखर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन।

बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले राजमार्ग पूर्णरूपमा खुलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। अत्तरियादेखि डडेल्धुरासम्म अब कुनै अवरोध छैन।

पहिरो गएको ठाउँठाउँमा नयाँ ट्र्याक खोलेर राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।बाटो खुलेपछि तीन दिनदेखि अलपत्र परेका सयौँ सवारीसाधन गन्तव्यतर्फ गएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved