रेल सञ्चालनका लागि भौतिक यातायात मन्त्री र भारतीय पक्षबीच छलफल हुँदै

नेपालभ्युज

रेल सञ्चालनका लागि भौतिक यातायात मन्त्री र भारतीय पक्षबीच छलफल हुँदै

काठमाडौं। एक महीनाभित्र जयनगर-कुर्था रेल सञ्चालन गर्ने गरी आवश्यक तयारीका लागि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव र भारतीय पक्षबीच बैठक बस्दैछ।

शुक्रबार साँझ ३ बजे मन्त्रालयमा बस्ने उक्त बैठकले उद्घाटनको मिति तय गर्ने र क्रसबोर्डर रेल हस्तान्तरणको प्रक्रिया टुंगाउने नेपालस्थित भारतीय राजदूताबासले जनाएको छ। दूताबासका अनुसार सबै तयारी सकिएकाले रेल हस्तान्तरण गरी एक महीनाभित्र उद्घाटन गर्ने योजना बनाइएको छ।

उक्त बैठकले रेलको उद्घाटन दुई देशका प्रधानमन्त्रीले गर्ने वा मन्त्रीस्तरबाटै गर्ने भन्ने निर्णय पनि गर्नेछ।

यसअघि ६ अक्टोबरमा नेपाल-भारत संयुक्त कार्यदलको सीमापार रेलमार्गको पाँचौं बैठकले रेल सञ्चालनको मापदण्ड बनाएको थियो। मापदण्डमा मन्त्रालयका सचिव केशव कुमार शर्मा र भारतबाट नेतृत्व गरेका रेलवे मन्त्रालयका ट्राफिक ट्रान्सपोर्टेसनका कार्यकारी निर्देशक डा. मनोज सिंहले हस्ताक्षर गरेका थिए।

उक्त मापदण्ड अनुसार भारतीय पक्षले जनकपुर-कुर्था खण्डमा रेल सञ्‍चालनका लागि पूर्ण सहयोग गर्ने सहमति दिएको छ। नेपाली पक्षले रेल सञ्‍चालन अघि नियामक ढाँचा तयार पार्न भारतीय पक्षको सहयोग मागेकोमा त्यसमा पनि भारतीय पक्षले सहमति दिइसकेको छ।

रेल सञ्‍चालनका लागि आवश्यक प्राविधिक सहयोग तथा रेलकर्मीहरूलाई तालिम र प्रशिक्षण भारतीय पक्षले दिनेछ।

नेपालले भारतसँग २०७६ बैशाखमा  डीईएमयू (डिजेल इलेक्ट्रिक मल्टिपल यूनिट) रेल खरिदको सम्झौता गरेको थियो। ८५ रकरोड नेपाली लागतमा भारतसँग २ ओटा रेल खरीद गरेकोमा भारतको सरकारी कम्पनी कोन्कन रेलवेले निर्माण गरेर ती रेल अघिल्लो  वर्ष असोमा नेपाललाई दिएको थियो।

तर रेल सञ्चालन गर्न नसक्दा तेह्र महीनादेखि ती रेल त्रिपाल ओढाएर ट्र्याकमा राखिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved