गरीबीको सामना गर्न आफ्नै सन्तान बेच्दै अफगानी नागरिक

एक वर्षमा गरीबी दर ९८ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालभ्युज

गरीबीको सामना गर्न आफ्नै सन्तान बेच्दै अफगानी नागरिक

एजेन्सी। तालिबानले सत्ता हत्यापछि अफगानिस्तानमा गरीबी ह्वात्तै बढेको छ। वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार केही अफगानी अभिभावक गरीबीको सामना गर्न आफ्नै सन्तान बेच्न थालेका छन्।

पश्चिम अफगानिस्तानकी सलेहा (४० वर्ष) ले आफ्नी तीन वर्षीय छोरी एक व्यक्तिलाई बेचेकी छन्, जो व्यक्तिबाट उनले ५५५० डलर ऋण लिएकी थिइन्। जागिरबाट ७० सेन्ट कमाउने उनका पति भने बेरोजगार छन्।

“जीवन यस्तै भयभीत नै रह्यो भने म आफ्ना बच्चाहरूसहित स्वयं आफ्नो पनि हत्या गर्नेछु” जर्नललाई सलेहाले भनेकी छन्,“मलाई त यो पनि थाहा छैन कि आज साँझ हामी के खानेछौं।”

उनका पति अबदुल्ला अहब भन्छन्, “म मेरी छोरीलाई बचाउन पैसा जोरजाम गर्ने प्रयास गरिरहेको छु।”

साहु खालिद अहमद ऋण तिर्न नसकेपछि पैसाको सट्टा उनीहरूको छोरी लिएको बताउँछन्। “म आफैसँग पनि पैसा छैन,उनीहरुले मेरो पैसा फिर्ता गरेनन्” उनले भनेका छन्, “कुनै विकल्प नदेखेपछि मैले उनीहरूको छोरी नियन्त्रणमा लिएँ।”

अघिल्लो महीना संयुक्त राष्ट्रको विकास एजेन्सीले तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान विश्वव्यापी गरीबी तिर धकेलिएको बताएको थियो। “एक वर्षमा अफगानिस्तानमा गरिबी दर ९८ प्रतिशतसम्म पुग्नेछ,” यूएनडीपी एशिया प्रशान्त निर्देशक केनी विग्नराजाले बताएका थिए।

“अर्को वर्षको मध्यसम्म अफगानिस्तानले विश्वव्यापी गरीबिको सामना गर्नुपर्नेछ,” उनले भनेका छन्, “सत्य यही हो जतातर्फ हामी जादैछौँ तपाईं अनुमान गर्नसक्नुहुन्छ।”

अमेरिकी राष्ट्रपति जो बाइडनले दुई दशकदेखि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएपछि तालिबानले अफगानिस्तान कब्जा गरेको थियो। सन् १९९६ देखि २००१ सम्म शासन गरेको तालिबान समूहले २०२१ अगस्टमा पुनः सत्ता आफ्नो हातमा लिएको थियो।

२००१ मा अमेरिकाले अफगानिस्तानको तालिबानलाई हटाएपछि अफगानिस्तानले शिक्षा, विकास र रोजगारीमा फड्को मारेको थियो। प्रतिव्यक्ति आय दोब्बर भएको थियो।

“पछिल्ला दुई दशकमा अफगानिस्तानले महत्वपूर्ण आर्थिक फड्को मारेको थियो तर राजनीतिक अस्थिरताका कारण अब त्यो भत्किने खतरामा छ। तालिबानले सत्ता कब्जा गरेपछि स्थानीय बैंकले संकटको सामना गर्नु परेको छ। यसले महामारीको रुप लिनसक्छ,” यूएनडीपी एशिया प्रशान्त निर्देशक केनी विग्नराजाले बताएका छन्।

अमेरिकी राष्ट्रपति बाइडनको प्रशासनले तालिबानको स्रोत कम होस् भनेर अफागानिस्तानस्थित केन्द्रीय बैंकको २० बिलियन डलर फ्रिज गरेको छ। जसमध्ये धेरैजसो रकम न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकको कब्जामा छ। अमेरिकाको यो कदमलाई आलोचना गर्दै अफगानिस्तानस्थित केन्द्रीय बैंकका एक वरिष्ठ बोर्ड सदस्य साह मेहराबीले भनेका छन्, “यो कदमले तालिबानभन्दा बढी सर्वसाधारणलाई बढी हानी गर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved