मौलिक संस्कृति र परम्पराले विश्वमा नेपालको गौरव बढाएको छ : माधव नेपाल

नेपालभ्युज

मौलिक संस्कृति र परम्पराले विश्वमा नेपालको गौरव बढाएको छ : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले दशैंमा देशविदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन्।

विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने बताउँदै उनले विविधता, मौलिक संस्कृति र परम्पराले विश्वमा नेपालको गौरव बढाएको जनाएका छन्।

शुभकामना सन्देशमा उनले भने, “हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ ।”

उनले दुई पटक संसद् विघटन गरी प्राप्त बहुमत आसेपासे, दलाल र भरौटेलाई पोस्न दुरुपयोग गरिएको आरोप लगाएका छन्। विद्रोह गर्दै नयाँ पार्टी स्थापना गरेको बताउँदै उनले विजयादशमीले सत्य र न्यायको पक्षमा उभिने अभिप्रेरणाका लागि कामना गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved