बलि दिने प्रथा अन्त्य गर्नुपर्छ – डोल्पो गुरु रिन्चेन रिम्पोचे

नेपाल भ्युज

बलि दिने प्रथा अन्त्य गर्नुपर्छ – डोल्पो गुरु रिन्चेन रिम्पोचे

डोल्पा।  डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले बडा दशैंका बेला देवीदेवताको नाममा हुने बलिदिने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।

दशैं लगायत पर्वमा धेरै मानिस आफू खानको लागि देवीदेवताको नाममा पशु चौपायाको काटमार गर्ने गरेको भन्दै त्यस्ता हत्याहिंसा अन्त्य गर्नुपर्ने उनले बताए। डोल्पो बुद्ध गुरुले आर्थिक रुपमा विश्वमा नेपाल गरिब देशको रुपमा परिचित रहेको भन्दै बुद्ध जन्मेको देशमा काटमार बन्द गरेर सकेसम्म सबै जना शाकाहारी बनेर सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए।

दशैंको बेला महंगो मुल्यमा खसी, बोका लगायत किनेर खानुभन्दा खान नपाएका गरीब, दुखी र कोरोना संक्रमण भएर उपचार नपाएका बिरामीलार्ई सहयोग र दान गर्नु ठूलो धर्म हुने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved