बढी भाडा लिने सातजना नियन्त्रणमा

नेपालभ्युज

बढी भाडा लिने सातजना नियन्त्रणमा
सांकेतिक तस्वीर

काठमाडौं। यात्रुसँग बढी भाडा असुल्न खोज्ने सात जना पक्राउ परेका छन्। तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा नियन्त्रणमा लिइएको हो।

अनधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गर्ने सात जनालाई सोमबार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो।

काठमाडौंको कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङका भीम निरौला र रञ्जित श्रेष्ठ तथा बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, बाराका एलएक्स चौधरी र विशाल लामा, चितवनका सुदर्शन पाण्डे र मकवानपुरका प्रेम घिमिरे पक्राउ परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए।

उनीहरूलाई आवश्यक कारबाहीका लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved