सेनाको यू-१३ युथ फुटबल एकेडेमी सञ्चालनको शुभारम्भ

नेपालभ्युज

सेनाको यू-१३ युथ फुटबल एकेडेमी सञ्चालनको शुभारम्भ

काठमाडौं । नेपाली सेनाको यू–१३ युथ फुटबल एकेडेमी सञ्चालनमा आउने भएको छ। जसको आज शुभारम्भ गरिएको हो।

मंगलबार काठमाडौंको भद्रकालीस्थीत जंगी अड्डामा त्रिभुवन आर्मी अफिसर्स क्लब, अखिल नेपाल फुटबल संघ र सैनिक आवासीय महाविद्यालय, भक्तपुरबीच एकेडेमी सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ।

एकेडेमी सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा सञ्चालन हुने सेनाले जनाएको छ। एकेडेमी सञ्चालन शुरु गर्नुअघि नेपालभरबाट पहिलो चरणमा ५०० मध्ये १ सय ६६ जना युथ खेलाडी छनोट गरिएको थियो।

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सेनाले आफ्नो तर्फबाट राष्ट्रिय खेलकुदको उत्थानमा सदैव सक्दो सहयोग गरी आएको र यसै क्रममा फुटबलको क्षेत्रमा पनि सहयोग निरन्तर रहने बताए।

त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सेनाले नेपालमा फुटबल खेलको प्रतिष्ठा बढाउन तथा नयाँ खेलाडीहरू उत्पादन गर्न खेलेको भूमिको प्रशंसा गरेका छन्। कार्यक्रमा अखिल नेपाल फुटबल संघद्वारा उपलब्ध गराइएको खेल सामग्रीहरू युथ खेलाडीहरूलाई वितरण गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved