श्रीलंकालाई ३-२ गोलले हराउँदै नेपाल शीर्षस्थानमा

साफमा नेपालले २२ वर्षपछि श्रीलंकालाई हराएको हो।

नेपालभ्युज

श्रीलंकालाई ३-२ गोलले हराउँदै नेपाल शीर्षस्थानमा

काठमाडौँ। साफ च्याम्पियनसिप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गरेको छ। साफमा नेपालले २२ वर्षपछि श्रीलंकालाई हराएको हो।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो।

उक्त खेलमा ३० औँ मिनेटमा सुमन लामाले गरेको गोलसँगै नेपालले खाता खोल्यो। पहिलो हाफमा नेपालमाथि हाबी देखिएपनि श्रीलंकाले भने गोल गर्न सकेन।

दोस्रो हाफको ६ मिनेटमै नेपालको तर्फबाट अञ्जन बिष्टले दोस्रो गोल गरेकोमा खेलको ५७ औँ मिनेटमा श्रीलंकाले गोल फर्काएको थियो। श्रीलंकन खेलाडी मार्भिन ह्यामिल्टनले उक्त गोल गरेका थिए।

खेलको ८६ औँ मिनेटमा आयुष घलानले गरेको गोल नै नेपालको जितका लागि निर्णायक हुन पुग्यो। इन्जुरी समयमा पेनाल्टी पाएको श्रीलंकाले एक गोल थपेर गोल अन्तर घटाएको थियो।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ। ४ अंकसहित बंगलादेश दोस्रो स्थानमा छ। पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो।

जितसँगै नेपालको उपाधि जित्ने सम्भावना बढेको छ ।

खेल शुरू हुनुअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले च्याम्पियनसिपको सबैभन्दा कठिन टिम श्रीलंका भएकाले यो खेल नेपालका लागि फाइनल म्याचसरह भएको टिप्पणी गरेका थिए।

श्रीलंकाको एक खेलाडीलाई पहिलो हाफमै बाहिर पठाउने रणनीति छः प्रशिक्षक अलमुताइरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved