नागार्जुन कांग्रेस सभापतिमा दुर्गाप्रसाद गौतम

नेपालभ्युज

नागार्जुन कांग्रेस सभापतिमा दुर्गाप्रसाद गौतम

काठमाडौं। नेपाली कांग्रेसको शनिबार सम्पन्न नागार्जुन नगरपालिकाको अधिवेशनबाट दुर्गाप्रसाद गौतम निर्वाचित भएका छन्।

प्रतिस्पर्धी अच्युत पाण्डेभन्दा ५० मत अन्तरले उनी विजयी भएका हुन्। दुई सय ५ क्षेत्रीय प्रतिनिधिहरूले मतदान गरेकोमा उनले १ सय २८ मत पाएका थिए। शनिबार अबेर राति निर्वाचन परिणाम आएसँगै ५७ सदस्यीय नगर कमिटी गठन भएको छ।

गौतम तीन दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै आएका छन्। नेविसंघबाट राजनीतिमा प्रवेश गरेका गौतम अर्थशास्त्रका विद्यावारिधि फेलो हुन्। उनले जितबाट उत्साहित भएको बताउँदै तल्लो तहबाटै कांग्रेस सुधारेर अघि बढ्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved