एमाले विधान महाधिवेशन

प्रतिवेदनमाथि १० समूहमा छलफल, उपमहासचिव र पोलिटब्यूरो खारेज हुँदै

महाधिवेशनमा पेश भएको प्रतिवेदनमाथि आज बिहान ८ बजेदेखि नै समूहगत छलफल शुरु हुँदैछ। छलफल पछि टोली नेताहरुले समूहगत निष्कर्ष पनि आजै दिउँसो पेश गर्नेछन्।

नेपालभ्युज

प्रतिवेदनमाथि १० समूहमा छलफल, उपमहासचिव र पोलिटब्यूरो खारेज हुँदै
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेको पहिलो विधान अधिवेशन हिजो शुक्रबारदेखि ललितपुरको गोदावरीमा जारी छ। गोदावरीस्थित सनराइज सभाहलमा जारी महाधिवेशनमा आज हिजो पेश भएका प्रतिवेदनहरु माथि छलफल हुँदैछ।

महाधिवेशनमा पेश भएका प्रतिव्दनहरु माथि छलफलका लागि विभिन्न १० समूह बनाइएको छ। ती समूहमा नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका तथा १ण् बुँदे सहमतिपछि एमालेमै रहने निर्णय लिएका नेताहरुलाई बढी ठाउँ दिइएको छ।

महाधिवेशनमा पेश भएको प्रतिवेदनमाथि आज बिहान ८ बजेदेखि नै समूहगत छलफल शुरु हुँदैछ। छलफल पछि टोली नेताहरुले समूहगत निष्कर्ष पनि आजै दिउँसो पेश गर्नेछन्।

हिजो पेश भएको विधान संशोधन प्रस्तावमा उपमहासचिवको पदका साथै पोलिटब्यूरो कमिटी खारेज गर्ने प्रस्ताव आएको छ। यसअघि एमालेमा दुई उपमहासचिव रहँदै आएको थियो।

प्रस्तावित प्रतिवेदनका अनुसार अब एमालेमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, ६ सचिवसहित केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ। यस्तै विधानमा रहेको ७० वर्षे उमेरहद प्रावधान पनि निरन्तर रहने प्रस्ताव गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved