प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

नेपालभ्युज

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बिहीबार विहान १० बजे बैठक बोलाएका हुन्।

‘‘एमसीसी के गर्ने भन्ने विषयमा दलहरूको धारणा बुझ्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको छ,’’  स्राेतले भन्यो।

गठबन्धनका ५ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहित प्रमुख प्रतिपक्षी एमाले, लोकतान्त्रिक समाजवादी र नेपाल मजुदर किसान पार्टीलाई बैठकमा बोलाइएको हो।

गृहमन्त्री बालकृष्ण खाँणले बैठकको मूल एजेण्डा संसद्को अवरोध खुलाउने विषयमा भएको बताएका छन्। ‘‘संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक डाकिएको हो,’’ उनले भने, ‘‘यससँगैं संसद्मा रोकिएका विधेयक लगायतका अन्य विषयमा पनि छलफल हुनेछ।’’

तत्कालीन एमालेका १४ सांसद्लाई सरकारले कारबाही नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर सदन अवरोध गर्दै आएको छ ।

यसअघि सदन अवरुद्ध राेक्न सभामुख अग्निप्रसाद सापकाेटाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले भोलिको बैठकमा सहभागिता जनाउने/नजनाउने निश्चित भइसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved