एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक जारी

नेपालभ्युज

एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक जारी
काठमाडौं। नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलको बैठक शुरु भएको छ। केन्द्रीय कार्यालय थापाथलीमा बैठक जारी छ।
एमालेले १० बुँदे कार्यान्वयनको लागि बनेको कार्यदलको संयोजकको जिम्मेवारी नेता भीम रावललाई दिइएको छ। स्थायी कमिटीको सोमबारको बैठकले शंकर पोखरेललाई समेत कार्यदलमा थपेको थियो।
रावलको अध्यक्षतामा जारी बैठकमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भइरहेको छ। कार्यदलले केन्द्रीय कमिटीलगायतका निकायमा मनोनीत हुनेहरूको सूचीसमेत तयार पार्ने एक सदस्यले बताए। कार्यदलले १० बुँदेको रचनात्मक कार्यान्वयन गर्दै नेकपा एकता प्रक्रियाबाट एमालेमै रहेका पूर्वमाओवादी पक्षको समायोजनसमेत गर्नेछ।
एमालेलाई फुटबाट जोगाउन असार २७ गते तयार गरिएको १० बुँदे कार्यान्वयनका लागि भदौ ६ मा कार्यदल बनाएको थियो। ६ सदस्यीय कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र लेखराज भट्ट लगायतका नेताहरु रहेका थिए।
विशेष गरी सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टि जनाएका थिए। कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट पनि छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved