तेजाब नियन्त्रण तथा शपथसम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णुप्रसाद सुवेदी नियुक्त

कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शपथ सम्बन्धमा व्यवस्था गरेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन विधेयक र तेजाब तथा घातक रसायन नियन्त्रणका सन्दर्भमा बनेको विधेयक संसदमा पेश गर्ने निर्णय भएको जानकारी दिए।

नेपालभ्युज

काठमाडौं। सरकारले तेजाब नियन्त्र, शपथ र प्रहरी समायोजनसम्बन्धी ३ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले ३ वटा विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको हो।

कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शपथ सम्बन्धमा व्यवस्था गरेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन विधेयक र तेजाब तथा घातक रसायन नियन्त्रणका सन्दर्भमा बनेको विधेयक संसदमा पेश गर्ने निर्णय भएको जानकारी दिए।

अघिल्लो सरकारले तेजाब नियन्त्रण, प्रहरी समायोजन र शपथ सम्बन्धी अध्यादेश ल्याएको थियो। संघीय संसदमा ६० दिनसम्म पनि प्रतिस्थापन विधेयक नल्याइएका कारण ती अध्यादेशहरु निस्क्रिय भएका थिए।

मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्बाट राजीनामा दिएका सबैको राजीनामा स्वीकृत गर्ने निर्णय गर्नुका साथै बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने र गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved