एक अर्ब विगो दाबी परेका चूडामणि शर्मासँग विशेषले माग्यो ५० लाख धरौटी

सोमबार न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत ऐन २०५९ को दफा ७ बमोजिम चूडामणी शर्मा ढकालबाट ५० लाख रूपैयाँ धरौटी माग गरेको हो ।

नेपालभ्युज

एक अर्ब विगो दाबी परेका चूडामणि शर्मासँग विशेषले माग्यो ५० लाख धरौटी

काठमाडौं। विशेष अदालतले एक अर्ब ३३ लाख विगो मागदाबी भएका निलम्बित सहसचिव चूडामणि शर्मा ढकाललाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सोमबार न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत ऐन २०५९ को दफा ७ बमोजिम चूडामणि शर्मा ढकालबाट ५० लाख रूपैयाँ धरौटी माग गरेको हो ।

आदेशमा लेखिएको छ, ‘सो माग भएको धरौट रकम नगद वा बैंक जमानत दिन सके लिई निजहरूलाई तारेखमा राख्नु र सो दिन नसके मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८(२) तथा दफा ८० बमोजिम थुनुवापूर्जी दिई कारागार कार्यालयमा पठाइदिनु भनी सोही संहिताको दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ ।’

तत्कालीन कर फर्छ्यौट आयोगका सहसचिव रहेका ढकालले राज्यलाई हानि पुर्याउने गरी कार्यसम्पादन गरेको भन्दै उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको थियो। आयोगले उनीमाथि एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगो कामय गरेको थियो।

अदालतको आदेशमा भनिएको छ, ‘साथै थुनछेक आदेशतर्फ विचार गर्दा, तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी अहिले नै निर्दाेष हुन् भन्न सकिने स्थिति नदेखिएतापनि प्रतिवादी तत्काल भागी जाने वा प्रमाण नष्ट गर्ने सम्मको अवस्था नदेखिएकोले ५० लाख धरौटी माग गरी तारेखमा राख्नू…।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved