बालबालिकाका लागि माघसम्म कोभिड खाेप ल्याउने सरकारको तयारी

नेपालभ्युज

बालबालिकाका लागि माघसम्म कोभिड खाेप ल्याउने सरकारको तयारी

काठमाडाैं। सरकारले पुससम्ममा बालबालिकाका लागि कोभिडविरुद्धको खोप ल्याउने तयारी गरेको छ। १२ देखि १८ वर्ष सम्मका बालबालिकाका लागि माघसम्ममा खोप ल्याउने तयारी गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

उनकाअनुसार बालबालिकाका लागि विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको मोडर्ना र फाइजरको खोप ल्याउने तयारी अघि बढेको छ।

फाइजरको ६० लाख डोज खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको र मोडर्नाको ४० लाख डोज खोपका लागि रकम भुक्तानी भैसकेको जानकारी उनले दिए।
नेपालमा हालसम्म १८ वर्ष माथिका नागरिकलाई कोभिसिल्ड (एस्ट्राजेनेका), भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ।

बालबालिकालाई लगाउने मोडर्ना र फाइजरको खोप भण्डारणका लागि अत्यधिक चिसो आवश्यक पर्ने भएकाले शुरुमा परीक्षणका लागि मोडर्नाको १ लाख डोज खोप आउने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए।

‘‘मोडर्ना र फाइजरको खोप भण्डारण गर्न माइनस १५ देखि २५ डिग्री सेल्सियस चिसो ठाउँ चाहिने भएकाले त्यसका लागि तयारी गरिरहेका छौँ,’’ उनले बताए। बालबालिकालाई लगाउने ती खोपको दोस्रो मात्रा दुईदेखि तीन हप्ताभित्र लगाउनपर्ने भएकाले त्यसका लागि पनि तयारी गरिरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved