कहिले सुध्रिन्छ सरकारी सेवा प्रवाह? (फोटोफिचर)

नेपालभ्युज

कहिले सुध्रिन्छ सरकारी सेवा प्रवाह? (फोटोफिचर)

काठमाडाैं। मालपोतमा जानुस् वा यातायात कार्यालयमा, प्रशासनमा जानुस् वा सरकारी सेवाप्रदायक निकायमा सेवाग्राहीलाई भिडभाडमा उभ्याएर सास्ती दिनु नाैलाे हाेइन।

काेभिडविरूद्धको खोप कार्यक्रम पनि त्यो समस्याबाट मुक्त हुन सकेन।  नेपालमा खोप अभियान शुरु भएको ८ महीना बितिसक्दा पनि खोप सेवामा कत्ति पनि सुधार भएको देखिन्न।

यद्यपि मन्त्रालयले भने पहिलाे दिनदेखि नै आफूसँग अनलाइन प्रणाली रहेकाे तर सबैसँग अनलाइनकाे पहुँच नभएकाले अनलाइनमार्फत् सेवा दिन नसकेकाे दाबी गरेकाे छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनशक्तिकाे अभाव, डिजिटल साक्षरता आदि कारण अनलाइनभन्दा साेभझै गएर खोप लगाउन सहज भएको बताए। अनलाइन फारम पनि खाेलिएकाे उनले बताए।

तर अनलाइन आवेदन खुला गरी खाेप लगाउँदा कार्ड अनिवार्य गरिएपनि व्यवस्थित गरेर मिति तोक्ने लगायतकाे व्यवस्था  गरेको छैन,  सेवा प्रवाह अस्तव्यस्तै छाडेको छ।

सेवाग्राहीहरू खोप केन्द्रमा चर्को घाम र पानीमा लामो लाम लागेर, संक्रमणको जोखिम मोल्दै भिडभाडमा खोप लगाउन बाध्य छन्।

सोमबार त्यस्तै दृष्य खोप केन्द्रहरूमा देखियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved