भूमि फिर्ताको माग गर्दै लोसपा युवा–विद्यार्थी संघको प्रदर्शन

सीमा क्षेत्रका विभिन्न स्थानमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै शनिवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

नेपालभ्युज

भूमि फिर्ताको माग गर्दै लोसपा युवा–विद्यार्थी संघको प्रदर्शन
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट युवा संगठन र विद्यार्थी संगठनले चीनविरुद्ध प्रदर्शन गरेको छ। सीमा क्षेत्रका विभिन्न स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै शनिवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
नेपालको ७ जिल्लाको ११ ठाउँमा नेपाली भूमि अतिक्रमण भएको विभिन्न तथ्याङ्क सार्वजनिक भएको छ । उता हुम्लाको १२ नम्बरको पिलर चीनले सारेको बताइँदै आएको छ ।
यस विषयमा सत्य तथ्य पत्ता लगाउन सरकारले समिति गठन गरिसकेको छ । मिचिएको भनिएको ती क्षेत्र छाड्न दबाब दिन भन्दै प्रदर्शनमार्फत चीनलाई खबरदारी गरेको लोसपा  युवा संघका अध्यक्ष मुकेश झाले बताए ।
युवा अध्यक्ष मुकेश झाको नेतृत्वमा रहेको प्रदर्शनमा विद्यार्थी नेता रञ्जित निष्पक्ष, युवा अध्यक्ष रञ्जित सिंह, नेता प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झालगायतको उपस्थिति थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved