पाँच वर्षमा हराए १३१ बालबालिका

नेपालभ्युज

पाँच वर्षमा हराए १३१ बालबालिका

लमजुङ। आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङमा १३१ बालबालिका हराएका छन्। तीमध्ये ९५ बालिका र ३६ बालक छन्।

पछिल्लो पाँच वर्षको अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिप्रका लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए।

लमजुङमा गएको एक वर्षमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।

बालबालिका हराउन नदिनका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको प्रवक्ता रेग्मीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved