देउवालाई पौडेलले भने, ‘पार्टीको महाधिवेशनमा प्रहरी र प्रशासनको दुरुपयोग नहोस्’

नेपालभ्युज

देउवालाई पौडेलले भने, ‘पार्टीको महाधिवेशनमा प्रहरी र प्रशासनको दुरुपयोग नहोस्’

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सभापति शेरबहादुर देउवालाई पार्टीको महाधिवेशनमा राज्य संयन्त्रको दुरुपयोग नगर्नका लागि ध्यानाकर्षण गराएका छन्।

आफ्नो समूहमा रहेका नेतासहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका वरिष्ठ नेता पौडेलले १४ औँ महाधिवेशनको क्रममा रहेको कांग्रेसभित्र पार्टी निर्वाचनलाई धाँधलीरहित र निश्पक्ष बनाउन सहयोग गर्न सभापति देउवाको ध्यानाकर्षण गराए।

पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र जीवन परियार बालुवाटार पुगेका थिए। उनीहरुले क्रियाशील सदस्यता छानबिन निश्पक्ष र पारदर्शी बनाउन पनि माग गरेका थिए।

बालुवाटारमा सभापति देउवालाई भेटेपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘पार्टीका क्रियाशील सदस्यहरुको छानबिन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved