मुडभरीले लिइन् शपथ

नेपालभ्युज

मुडभरीले लिइन् शपथ

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा समानुपातिक कोटाबाट मनोनित गरेको प्रदेशसभा सदस्य निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

रुपन्देहीकी उनलाई बुधबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीले सपथ गराएका हुन्। जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि मुडभरीलाई सो ठाउँमा मनोनित गरेको थियो। यससँगै लुम्बिनी प्रदेशसभामा जसपाका चारसहित ८१ जना सांसद भएका छन्।

यसअघि लुम्बिनीमा जसपाका ६ मध्ये तीन जना सांसद कारबाहीमा परेका थिए । प्रत्यक्ष निर्वाचित सन्तोष पाण्डेय र विजयबहादुर यादवसहित समानुपातिक तर्फकी पाण्डेयलाई पार्टीले कारबाही गरेको थियो। प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएपछि निर्वाचन आयोगले उपनिर्वाचन मार्फत पदपूर्ति गर्ने संवैधानिक व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved