१४ औँ महाधिवेशन

कांग्रेसको वडा अधिवेशन आजदेखि शुरु, काठमाडौंमा अनिश्चित

नेपालभ्युज

कांग्रेसको वडा अधिवेशन आजदेखि शुरु, काठमाडौंमा अनिश्चित

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस आजदेखि १४ औँ महाधिवेशनमा होमिएको छ। कांग्रेसले क्रियाशील सदस्यता विवाद सुल्झिएका जिल्लाहरुमा आजदेखि वडा अधिवेशन गर्दैछ।

आज शुक्रबार कांग्रेसले करिब ४० जिल्लामा वडा अधिवेशन गर्ने भएको छ। क्रियाशील सदस्यता टुंग्याएर निर्वाचन अधिकृत खटिएका जिल्लामा आजदेखि वडा अधिवेशन शुरु भएको हो।

कांग्रेसले देशभरका ५६ जिल्लाका क्रिायशील सदस्यता वेबसाइटमा अपलोड गरिसकेको छ। ती जिल्लाहरुमा आजदेखि वडा अधिवेशन शुरु भएको हो। तर, काठमाडौं उपत्यकामा भने आज वडा अधिवेशन नहुने भएको छ।

काठमाडौंको क्रियाशील विवाद सुल्झन बाँकी रहेकाले आज वडा अधिवेशन नहुने भएको हो। क्रियाशील विवाद समाधान भएको भए पनि ललितपुर र भक्तपुरमा पनि आज वडा अधिवेशन नहुने भएको छ। त्यहाँ २१ भदौमा अधिवेशन हुँदैछ।

आगामी २७ भदौमा गाउँ तथा नगर अधिवेशन तोकिएको अवस्थामा कांग्रेसले त्यसअघि वडा अधिवेशन सक्नुपर्नेछ। वडा अधिवेशनका लागि निर्वाचन अधिकृतसँगको समन्वयमा केही दिन समय हेरफेर गर्न सकिने अधिकार वडालाई दिइएको भए पनि २६ भदौसम्म सक्नुपर्ने कांग्रेसले जनाएको छ।

निर्वाचन निर्देशिकाअनुसार वडामा नेतृत्व चयन गर्दा सहमति हुन नसकेको अवस्थामा मतदान गर्नुपर्नेछ। मतदान लगत्तै मतगणना गरेर धेरै मत ल्याउने व्यक्ति नेतृत्वका लागि चयन हुनेछन्।

कांग्रेसले देशभरका नौ लाख क्रियाशील सदस्यबाट ६ हजार ७४३ वटै वडामा नेतृत्व चयन गर्दैछ। यसवर्ष क्रियाशील सदस्यता लिएकाहरुलाई पनि कांग्रेसले वडामा पदाधिकारीमै चुनाव लड्न पाउने व्यवस्था गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved