नेपालगञ्ज नाकाबाट एकै वर्षमा डेढ अर्बको गेडागुडी आयात

नेपालभ्युज

नेपालगञ्ज नाकाबाट एकै वर्षमा डेढ अर्बको गेडागुडी आयात

बाँके । नेपालगञ्ज नाकाबाट पछिल्लो एक वर्षमा एक अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा एक अर्ब १० करोड ८८ लाख रुपैयाँको मात्रै आयात भएको थियो ।

नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा ८९ करोड रुपैयाँको चामल आयात भएको छ । आव ०७६/७७ भन्दा यो झण्डै २९ करोड रुपैयाँभन्दा बढी हो ।

आव ०७७/७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ रुपैयाँको ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६/७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैयाँ बराबरको आयात भएको थियो । आव ०७५/७६ मा ४९ करोड ७१ लाख १५ हजार ८१३ रुपैयाँको चामल आयात भएको देखिन्छ ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आवमा दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको भन्सार अधिकृत भण्डारीले बताए । आव ०७६/७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो ।

कार्यालयका अनुसार गत आवमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६/७७ को तुलनामा धेरै हो । उक्त आवमा एक अर्ब ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो ।

सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा ३९ करोड १२ लाखको क्लिङ्कर आयात हुँदा आव ०७६/७७ मा रु ४१ करोड ९३ लाखका क्लिङ्कर आयात भएको थियो । ‘सिमेन्टको क्लिङ्कर आयातमा भने कमी देखिएको छ’, भण्डारीले भने, ‘लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved